
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालले शिक्षाको क्षेत्रमा छलाङ मारेको भएपनि सन्तोष गर्ने अवस्था नरहेको बताउनुभएको छ ।
बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले शिक्षामा छलाङ मार्दा पनि सन्तोष हुन नसक्नुमा देशमै विद्यार्थीलाई खुशीका साथ राख्न नसक्नु रहेको बताउनुभयो । उहाँले सरकारले आफ्ना युवाहरु स्वदेशमै राख्नसक्ने वातावरण सिर्जना गर्न जरुरी रहेको बताउनुभयो ।
पूर्वराष्ट्रपति यादवले आफ्नो देशको समस्या बुझेर काम गर्न जरुरी रहेको बताउनुभयो । अध्ययनसहितको विकास हुन नसकेको प्रति दुःख व्यक्त गर्नुभयो । तराई मरुभूमि हुन लागेको भन्दै त्यसो हुन दिनु नहुने बताउनुभयो । चुरेको संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
प्रथम राष्ट्रपति यादवले आफ्नो देशको बारेमा सबै कुराको जानकारी राख्न जरुरी रहेको बताउनुभयो । देशको समस्या बुझ्न नसक्ने मानिस उत्पादन गर्न जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्