
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा सार्वजनिक लेखा समितिले बनाएको उपसमितिको प्रतिवेदन अहिलेसम्म लुकाइएको भन्दै सांसदहरुले चर्को आलोचना गर्नुभएको छ ।
समितिको शुक्रबारको बैठकमा बोल्ने सांसद्हरुले लेखा समितिले भैरहवा, पोखरा एयरपोर्टका विषयमा अध्ययन गर्न गठित उपसमितिले अझै प्रतिवेदन समिति समक्ष नबुझाएको भन्दै सांसद्हरुले आक्रोस पोख्नुभएको हो ।
बैठकमा नेकपा (एकीकृत समाजवादी) सांसद प्रेमबहादुर आलेले फेरि उपसमितिहरु बनाउने कुरा आएको भन्दै भैरहवा, पोखराको एयरपोर्टका विषयलाई डाइभर्ट गर्न खोजिएको त होइन रु भन्दै प्रश्न गर्नुभयो ।
जबसम्म भैरहवा, पोखरा विमास्थल र ट्रक र डेडिकेटर लाइन नटुंगिने हो आफू कुनैपनि समितिमा नबस्ने समेत बताउनुभयो ।
नेकपा एमाले सांसद गोकुल बास्कोटाले पोखरा र भैरहवाका सन्दर्भमा उपसमिति बनेको बताउँदै त्यसको प्रतिवेदन तयार भइसकेको बताउनुभयो । उजुरी नपरी भैरहवा पोखराका बारेमा छनविन गरेर उपसमिति काम गरेको बताउँदै उहाँले फेरि उजुरीका भरमा छानविन गर्न आफू तयार नहुने बताउनुभयो । आग्रह, पूर्वाग्रह, आशंकाका आधारमा कतिपय उजुरीहरु परेको बताउनुभयो । त्यस्ता उजुरीमा समितिमा छलफल चलाइन नहुने बताउनुभयो ।
समिति सभापति ऋषीकेश पोखरेलले जतिपनि उपसमितिहरु बनाएर समितिमा छलफल भएका छन ती उजुरीहरुकै आधारमा भएको बताउनुभयो । भैरहवा पोखरा एयरर्पोटको उपसमितिका प्रतिवेदन नआएकोबारे सांसद्हरुले उठाएको प्रश्नमा पोखरेलले प्रतिवेदन नल्याउँदै आनावश्यक टिकाटिप्पणी गर्न राम्रो नहुने बताउनुभयो ।
गत जेठमा लेखा समितिले गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थलका बारेमा उपसमिति बनाएर अध्ययन गराएको थियो । उपसमितिले प्रतिवेदन तयार गरेको बताउँदै आएपनि अहिलेसम्म समितिलाई बुझाएको छैन । जसकारण सांसदहरुले प्रश्न उठाउँदै आएका छन् ।
समितिमा बोल्ने अन्य संसद्हरुले समितिमा आउने उजुरीहरुलाई छिटो टुंग्याउन प्रभावकारी रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले संसदीय समितिमा परेका उजुरीहरुमाथि प्रभावकारी रुपमा छलफल गरेर निचोडमा पु¥याउन नसकेको भन्दै सभापतिको आलोचना समेत गर्नुभयो ।
ठूलो संख्या उजुरीहरु आएको र त्यसबारे निष्कर्शमा पुग्नेगरी समिति सभापति ऋषिकेश पोखरेलले छलफल नचलाएको भन्दै आलोचना गरे । नेपाली कांग्रेस सांसद राजेन्द्रकुमार केसीले उजुरीहरुलाई कलस्टर बनाएर समितिमा छलफल गर्नुपर्ने बताउनुभयो ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मन्त्रालयगत, निकायगत उजुरीहरु छुट्टाएर उपसमिति बनाई छलफल चलाउन ढिला गर्न नहुने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पाटी सांसद् हरि ढकालले उपसमितिले कामै गर्न नसकेको बताउनुभयो । ढकालले निर्णय भइसकेका विषयहरु समेत कार्यान्वयनमा जान नसकेको बताउनुभयो । सिमेन्टको भाउ अप्रकृतिक रुपमा बढेको भन्दै समितिबाट निर्देशन भएको र महिनौंसम्म पनि उद्योग मन्त्रालयले कुनै ठोस निर्णय नगरेको बताउनुभयो । उहाँले यसले समितिको निर्णयमाथि नै प्रश्न उठेको बताउनुभयो । यसले निर्देशनमाथि निर्देशन दिने काम मात्रै हुने हो की भन्ने चिन्ता उब्जाएको बताउनुभयो ।
नेकपा एमाले सांसद योगेश भट्टराईले उजुरीहरु धेरै परेको र निरन्तर बैठक बस्दा पनि टुंगिन गाह्रो रहेको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उजुरी उपर समूह बनाएर अध्ययन गरी परिणाम आउनेगरी काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले समितिले निर्देशन दिएपछि त्यसको पालना कति हुन्छ भन्नेबारे ख्याल गरिनुपर्ने बताउनुभयो । उहाँले सिमेन्ट, छड रडको बारेमा अहिले समितिमा छलफल चलाइनुपर्ने बताउनुभयो । उहाँले उजुरी हेर्न नमिल्ने भए कारण खुलाएर उजुरीकर्तालाई भनिदिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्