१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


यमनमा पाँच वर्षमुनिका बालबालिका कुपोषणको शिकार


637
Shares

एजेन्सी । यमनमा पाँच वर्षमुनिका हरेक दुईमध्ये एक बालबालिकामा गम्भीर कुपोषण हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसंघीय बाल एजेन्सी युनिसेफले सार्वजनिक गरेको तथ्यांकमा यमनमा एक दशकदेखि चलिरहेको द्वन्द्वका कारण पाँच लाखभन्दा धेरै बालबालिका कुपोषणबाट प्रभावित भएको ृउल्लेख गरिएको छ ।

यमनमा ५ लाख ३७ हजारभन्दा धेरै बालबालिकाहरू गम्भीर कुपोषणबाट ग्रस्त रहेका र त्यहाँ मानवीय सकंट समेत बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

यमनका हुथी विद्रोहीले सन् २०१५ देखि यमनमा द्वन्द्व जारी राखेकाले बालबालिका कुपोषणको शिकार हुने गरेको पति तथ्यांकमा उल्लेख गरिएको छ । साथै तथ्यांकमा यृुद्ध जारी नै रहने हो भने आगामी दिनमा थप बालबालिका कुपोषणको शिकार हुन सक्ने आँकलन गरिएको छ ।