१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


प्रधानमन्त्रीको प्रश्न – नयाँ राजनीतिक दलहरु क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएकाहरुको पछि किन लाग्नुहुन्छ ?


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलका नेताहरुलाई गलत नगर्न र सही बाटोमा हिँड्न सुझाव दिनुभएको छ ।

बुधबार काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ राजनीतिक दलहरु सिक्दै अघि बढिरहेको पनि बताउनुभयो । उहाँले नेकपा (माओवादी केन्द्र)प्रति लक्षित गर्दै हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएका थकित तत्वहरुको संज्ञा दिँदै नयाँ राजनीतिक दलहरुलाई त्यस्ताको पछि नलाग्न पनि आग्रह गर्नुभयो । नयाँ राजनीतिक दलहरुलाई सामन्तवादी प्रणाली पुनःस्थापित गर्नेहरुको पक्षपोषणमा लागेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूहरु धैर्यतापूर्वक अघि बढ्ने र देश, विकासको गति, समयको गतिलाई अघि बढ्नबाट कसैले रोक्न खोजे त्यो कुरा सह्य नहुने चेतावनी दिनुभयो ।