१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


अमेरिकाले आयात हुने कारमा २५ प्रतिशत कर लगाउने


650
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने कार र त्यसका पार्टपुर्जाहरूमा २५ प्रतिशत नयाँ कर लगाउने घोषणा गर्नुभएको छ ।

ट्रम्पले यो व्यवस्था यही अप्रिल २ देखि लागू हुने जानकारी दिनुभयो । त्यसको भोलिपल्ट बाटनै सवारीसाधन आयात गर्ने व्यवसायमा शुल्क लाग्नेछ । पाटपुर्जामा भने आगामी मे वा जुन महिनादेखि नयाँ कर लागु हुनेछ ।

नयाँ करको व्यवस्थाले निरन्तर थलिँदै गएको अमेरिकी कार उद्योगलाई राहत हुने र अमेरिकामा रोजगारी तथा लगानी बढाउने ट्रम्पको विश्वास छ । तर विश्लेषकहरूले भने यो कदमले संयुक्त राज्य अमेरिकामा महत्वपूर्ण कार उत्पादन अस्थायी रूपमा बन्द हुने र मूल्य वृद्धि हुने अनुमान गरेका छन् ।

अमेरिकाले गत वर्ष करिब ८० लाख कार आयात गर्दा २ सय ४० अर्ब डलरको कारोबार गरेको थियो । यो रकम अमेरिकामा कार व्यापारको आधा हिस्सा हो ।