१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


एएफसी महिला एशियन कपको ड्र सार्वजनिक


0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी महिला एशियन कप २०२६ को छनोट चरणको ’ड्र’ सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको ड्र अनुसार महिला एशियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ ।

यो समूहमा नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलङ्का छन् । यो समूहको खेल आउँदो जुनमा उज्बेकिस्तानमा हुनेछ ।

फिफा वरीयतामा उज्बेकिस्तान नेपालभन्दा निकै अघि छ । फिफा वरीयतामा उज्बेकिस्तान ५०औं, नेपाल ९९औं, लाओस १०७ औं र श्रीलंका १५८औं स्थानमा छन् ।

महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेताले आउँदो वर्षको मार्चमा अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् । एशियन कपमा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।

प्रतियोगितामा १२ वटा टोली सहभागी हुनेछ ।