१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


इजरायली हवाई हमलामा मारिए हमासका प्रवक्ता अल-कानौवा


0
Shares

एजेन्सी । प्यालेस्टेनी भूमि गाजामा इजरायलले गरेको हवाई हमलामा हमासका प्रवक्तासहित २६ प्यालेस्टेनी मारिएका छन् ।

इजरायली लडाकु विमानहरूले बिहीबार बिहान उत्तरी शहर जबलियास्थित हमासको अखडामा गरेको बमबारीमा हमासका प्रवक्ता अब्देल-लतीफ अल-कानौवा मारिएका हुन् ।

घटनामा बालबालिका सहित २५ जना घाइते भएका छन्. । हमास र इजरायलबीचको दोश्रो चरणको वार्ता बिथोलिएपछी इजरायलले लगातार रुपमा गाजामा स्थलगत र हवाई हमला जारी राख्दा एक सातामा सय भन्दा बढी प्यालेस्टाइनी मारिईसकेका छन् ।

बमबारीका कारण गाजाका अधिकांश क्षेत्रका भवनहरु ध्वस्त भएका छन् । यसैबीच, हमासले बिज्ञप्ती जारी गर्दै इजारायलले ज्यादती गरेको भन्दै निन्दा गरेको छ । आफना प्रवक्ता मारिएकोप्रति दुख मनाउ गर्दै हमासले तयसको जवाफ दिने चेतावनी पनि दिएको छ ।

इजरायलले भने हमासको कब्जामा रहेका बन्दीहरुको रिहाईका लागि दबाब स्वरुप आक्रमण गरेको भन्दै बन्दी रिहा नगरेसम्म आक्रमण नरोकिने स्पष्ट पारेको छ ।