१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


सुनको मूल्य हालसम्मकै उच्च


3.328k
Shares

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला एक लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा एक लाख ७६ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य आज प्रतितोला २० रुपैयाँ बढेर दुई हजार ४० कायम भएको महासंघले जनाएको छ ।