१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


कुलमान प्राधिकरणमा फर्कने बाटो तत्कालका लागि बन्द


0
Shares

काठमाडौं । कुलमान प्राधिकरणमा फर्कने बाटो तत्कालका लागि बन्द भएको छ ।

घिसिङको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिन अस्वीकार गरेका छन् ।

प्रारम्भिक सुनुवाइका क्रममा घिसिङका कानुन व्यवसायीहरुले नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्न रोक लगाउनुपर्ने अन्तरिम आदेशको माग गरेका थिए । त्यसपछि न्यायाधीश मुसलमानले कानुन व्यवसायीहरुलाई ‘अल्पकालीन अन्तरिम आदेश जारी नहुने’ बरु दुवै पक्षलाई झिकाउने आदेश हुनसक्ने बताएका थिए ।