१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


प्रदर्शनमा धरपकड


1.417k
Shares

काठमाडौं । शुक्रबार राजसंस्थाप्रति आस्था राख्नेहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि राजधनीको तिनुकुने केन्द्रित प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको व्यापक झडप भयो ।

शुक्रबारको प्रदर्शनको जनकमाण्डर दुर्गा प्रसाई भक्तपुरबाट तिनकुने तर्फ अघि बढ्दा प्रसाईको स्वागतमा दायाँ बायाँ बसेका समर्थकहरुलाई हात हल्लाई अभिनन्दन गरिरहंदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि अराजक स्थिती निम्तिएको हो ।

सोही क्रममा तिनकुने र कोटेश्वरको गल्ली गल्लीमा बसेका प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गर्दा प्रहरी र प्रदर्शनकारीबीचको अराजक स्थितीका कारण ठाउँ ठाउँमा आगजनी मात्र भएन सवारीसाधन तोडफोड समेत गरियो । सोही क्रममा प्रहरी र केही प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । तिनकुनेको एउटा घरमा लागेको आगो नियन्त्रण लागि गएको दमकललाई प्रदर्शनकारीहरुले रोकेपछि थप क्षति हुन पुगेको हो ।

त्यतिमात्र कहाँ हो र तिनकुनेबाट तितरबितर भएका प्रदर्शनकारीहरु नेकपा माओबादी केन्द्रको कार्यालय घेर्न पुगेपछी सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । सोही क्रममा माओबादीको झण्डा बोकी मोटरसाइकलमा सवार यी व्यक्तिलाई प्रदर्शनकारीहरुले कुटपिट समेत गरेका थिए । जे होस शान्तिपुर्ण रुपमा आयोजना गर्ने भनिएको यो प्रदर्शनमा जे जति भयो त्यसमा को जिम्मेवार भन्ने यकिन छैन ।