
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक सोमबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा चैत्र २६ गते हुने पार्टीको जनप्रदर्शन र पछिल्ला राजनीतिक विषयका बारेमा छलफल हुनेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने निर्णय गरेको छ ।
आइतबार प्रशासनले पत्राचार गर्दै राप्रपालाई सिफल चौर अथवा बल्खु क्षेत्रमा प्रदर्शन आयोजना गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्