५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


इरान-अमेरिका आणविक वार्ता हुँदै


1.04k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग प्रत्यक्षरुपले आणविक वार्ता भइरहेको बताउनुभएको छ । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग बोल्दै ट्रम्पले आगामी शनिबार इरानसँग शीर्ष तहमा निकै महत्वपूर्ण वार्ता हुन लागेको खुलासा गर्नुभयो ।

शनिबार ओमानले आयोजना गरेको बैठकमा आणविक सम्झौताको बारेमा प्रत्यक्ष छलफल गर्न इरान र अमेरिकाका अधिकारीहरू वार्तामा बस्दैछन् ।

यो वार्तामा दुई मुलुकबाट कस्को प्रतिनिधित्व हुन्छ भन्नेबारे स्रोतले खुलाउन सकेको छैन । ट्रम्पका मध्य पूर्व दूत स्टीव विटकफले यो वार्ताको नेतृत्व गर्ने अनुमान गरिएको छ ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिका र इरानले शनिबार ओमानमा “अप्रत्यक्ष तर उच्च–स्तरीय’’ वार्ता गर्न लागेको स्वीकार गरेका छन् ।

अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ताले इजरायलमाथि दबाब बढाउने अपेक्षा गरिएको छ । इजरायलले लामो समयदेखि इरानको आणविक अखडाहरुमा आक्रमण गर्न वकालत गरिरहेको छ ।