
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष बुद्धिमान तामाङले गणतन्त्रवादीहरुले आफ्नो पार्टीलाई पेल्न खोजे विद्रोह गर्ने चेतावनी दिनुभएको छ ।
मंगलबार बल्खुमा आयोजित आम सभामा बोल्दै उपाध्यक्ष तामाङले यसैगरी पेल्न खोजिए चुनावी प्रक्रिया छाडेर विद्रोहको बाटो रोज्ने चेतावनी दिनुभएको हो ।
उपाध्यक्ष तामाङले आफूहरु संविधानमार्फत व्यवस्था परिवर्तनको अभियानमा रहँदा गण्तन्त्रवादी दलहरुले पेल्न खोजेको टिप्पणी गर्नुभयो । उहाँले पार्टीका नेताद्वय रविन्द्र मिश्र र डा.धवल समशेर जवरा जस्तै प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालमाथि पनि मुद्दा चलाउनुपर्ने तर्क गर्नुभयो ।
उपाध्यक्ष तामाङले वर्तमान सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्री ओलीलाई काम गर्ने मान्छे मन नपर्ने बताउनुभयो । अहिले मुलुक सेटिङ र विचौलियामार्फत चलिरहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्