
काठमाडौं । काठमाडौंको लगन टोलमा सेतो मच्छिन्द्रनाथको रथ जात्रा गरिएको छ ।
लगनटोलमा रहेको मच्छिन्द्रनाथकी आमा मानिने माँ सिमालाई रथ परिक्रमा गराई लगन जात्रा मानेको हो । सो अवसरमा लगन टोल क्षेत्रका वासिन्दाले चेलीवेटी, आफन्त र इष्टमित्र बोलाएर भोज खुवाउने परम्परा समेत रहेको छ ।
सोमबार हनुमानढोकास्थित कालभैरवबाट लगन टोलमा सेतो मच्छिन्द्रनाथको रथ तानेर ल्याएको थियो। करूणामय र आर्याअवलोकितेश्वर रुपमा समेत पुजिने सेतो मच्छिन्द्रनाथलाई भारत, चीन, मंगोलिया, जापान र कोरियामा समेत लोकेश्वरको रुपमा पुजिन्छ.। जनबहालबाट साँस्कृतिक बाजागाजाका साथ जमलमा बनाइएको रथमा गत अष्टमीका दिन विधिवत् प्रतिस्थापन गराइएपछि नगर परिक्रमा शुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्