
फाइल तस्बिर
काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आज रातिदेखि विधिवत् रुपमा सुरु हुँदैछ ।
भक्तपुरको च्वंगा गणेशमा बाजागाजाका साथ खड्क पूजा गरिसकेपछि शुरु हुने विस्का जात्रा आठ रात नौ दिनसम्म मनाउने चलन छ ।
भोलि भैरवनाथको रथ यात्रा हुनेछ । न्यातापोल मन्दिर अगाडी भैरवनाथको जात्रा निकालेर विभिन्न स्थानमा पु¥याउने गरिन्छ । जात्राको चौथो दिन ल्योसिङख्योमा तान्त्रिक रुपमा ५५ हाते लिङ्गो उभ्याएर वीरध्वज र विश्वध्वज झुण्डयाउने परम्परा रहेको छ ।
जात्रामा तान्त्रिकपूजा गरेर तलेजुमा दुमाजु, बाराहीको तिंप्वा जात्रा र खौमाको इन्द्रयाणी देवीको जात्रा समेत गर्ने परम्पररा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्