६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सुनको मूल्यमा फेरि नयाँ रेर्कड, तोलामा ५ हजार ७ सयले वृद्धि


2.834k
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेर्कड बनाएको छ । सुनको मूल्य आज एकैदिन तोलामा पाँच हजार ७ सय रुपैयाँले बढेको छ ।

बुधबार तोलाको १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुनको मूल्य एकैदिन ५७ सय रुपैयाले बढेर १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यसैगरि आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँ बढेको छ । बुधबार एक हजार ८ सय ३५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आज एक हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।