५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


पूर्वराजा शाहलाई नेता सिटौलाको चुनौती – देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पत्ति जनतालाई दिनुहोस्


3.614k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पत्ति जनतालाई दिन चुनौति दिनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो चुनौति दिनुभएको हो ।

व्यवस्था परिवर्तनको उक्साउनुभन्दा चुप लागेर बस्न आग्रह गर्दै त्यसमै भलाई हुने बताउनुभयो । उहाँले देशमा पुनः शासन गर्ने मन भए दलीय राजनीतिमार्फत चुनाव लड्न आग्रह समेत गर्नुभयो । नेपालमा राजतन्त्र दन्त्य कथा भइसकेको भन्दै कुरा गर्न र सुन्न मात्र रमाइलो उहाँको भनाइ छ । उहाँले आफ्नो सबै सम्पत्ति जनतालाई सुम्पिदिने आँट छ रु भन्दै प्रश्न समेत गर्नुभयो ।

वर्तमान व्यवस्था सञ्चालनमा भएका गल्तिहरु सच्याउँदै अगाडि बढ्नु आजको आवश्यकता भएको उहाँको भनाइ छ । उहाँले व्यवस्थाको चिन्ता नभई अहिलेका युवाहरुले समाज निर्माण कसरी गर्ने भन्ने चिन्ता गर्न समेत आग्रह गर्नुभयो ।