६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


शेयर बजारमा वृद्धि


286
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

दिनभरको उतार चढावकाबीच बजार २६ दशमलव ४९ अंकले बढ्दै नेप्से २७ सय २२ दशमलव ७३ को विन्दुमा पुगेको हो ।

नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये ब्यापार उपसमूह झिनो अंकले घटे बाहेक अरु सवै उपसमूह बढेका छन् । लगानी उपसमूह सर्वाधिक ३ प्रतिशतले बढेको बजारमा १८७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

बिहीबार नेपाल माइक्रो लाइफ इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयर मूल्य सर्वाधिक ४ दशमलव ४६ प्रतिशतले घटेको छ । ३ सय ११ वटा स्टक कारोबार भएको बजारमा दुई करोड ३७ लाख ७३ हजार कित्ता शेयर १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन पावर पार्टनर कम्पनीको एक अर्ब ५८ करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।