
काठमाडौं । धनुषाको लालगढमा सातै प्रदेशका उपसभामुखहरूको तीन दिवसीय सम्मेलन बिहीबारदेखि सुरु भएको छ ।
मधेश प्रदेशसभा सचिवालयद्वारा आयोजित सम्मेलनमा संघियता र संसदीय अभ्यास सुदृढीकरणका विषयमा गहन छलफल भइरहेको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघियता कार्यान्वयनका उपलब्धिहरू प्रचारप्रसारमा कमजोर रहेको बताउनुभयो । उहाँले नेपाललाई आफ्नो पहिचानमा चिनाउँदै पर्यटनमार्फत अर्थतन्त्र सुदृढ गर्न सकिने धारणा राख्नुभयो ।
सम्मेलनमा संघ र प्रदेशका उपसभामुखहरू तथा संविधानविद् काशीशरण दाहालको सहभागिता रहेको छ । सम्मेलनमा अनुभव आदानप्रदान र सुधारात्मक सुझावहरू प्रस्तुत गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्