६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पुष्करलाल श्रेष्ठको स्मृतिमा नि:शुल्क आँखा शिविर सम्पन्न


390
Shares

काठमाडौं । नेपालको पहिलो प्रकाशन गृह कामना न्युज पब्लिकेसन्सका संस्थापक वरिष्ठ पत्रकार स्वर्गीय पुष्करलाल श्रेष्ठको छैटौं वार्षिक पुण्य तिथिको अवसरमा बिहीबार निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।

कामना न्युज पब्लिकेसन्स, नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखा र द रोलिङ् स्टोन्स् स्कुलको सहयोगमा निशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा कामना परिवार, विद्यार्थी तथा अभिभावकहरुको सहभागीता रहेको थियो । कामना न्युज पब्लिकेशनका प्रबन्ध दिरेकलाल श्रेष्ठले निःशुल्क शिविरको महत्वबारे चर्चा गर्नुभयो ।

कार्यक्रममा सहभागी पत्रकार महासंघका पदाधिकारीहरुले निःशुल्क शिविर सञ्चानवाट धेरैले फाइदा लिएको बताएका थिए ।