६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नेपाली परिकारको माध्यमबाट नेपाललाई विश्वमा चिनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे


377
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली परिकारको माध्यमबाट नेपाललाई विश्वमा चिनाउनुपर्ने बताउनुभएको छ ।

शनिबारबाट सुरु भएको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीद्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै पर्यटनमन्त्री पाण्डेले नेपालको परिचय, नेपालीको परिचय, नेपाली खानपानको परिचय, परिकारको परिचयका माध्यमबाट नेपालको राष्ट्रियताको परिचयलाई व्यापक बनाउने र नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्ने बतउनुभयो । यो पेशा र व्यवसायलाई होटल र कृषिसँग जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले अर्गानिक बाली र उत्पादनसँग जोड्नसके नेपाली परिकारहरुको महत्व अझै बढ्ने जिकिर गर्नुभयो ।

मेलामा सहभागी अन्तर्राष्ट्रिय नेपाली सेफ प्रकाश बुढाथोकीलै ३५ वटा देशमा रहेका नेपाली सेफहरु सम्मेलनकमा सहभागी रहेको बताउनुभयो । उहाँले यो नेपाली सेफ सोसाइटीको नेपालको लागि पहिलो महाधिवेशन भएको बताउनुभयो । विश्वभर छरिएर रहेका नेपाली सेफहरुले नेपाली खानाको प्रचारप्रसार गर्नु नै यसको उद्देश्य भएको बताउनुभयो ।

मेलामा ४० वटा जति विभिन्न कम्पनीका स्टलहरु रहेको बताउनुभयो । उहाँले सरकारले सकारात्मक रुपमा लिएको र साथ सहयोग गरेको बताउनुभयो ।