६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


जेठ १५ गते राजतन्त्र आउँछ : जगमान गुरुङ


442
Shares

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले २०८२ को जेठ १५ गते गणतन्त्रको अन्त्य हुने घोषणा गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

गुरुङले आन्दोलन कसरी जाने भन्नेकुरा अर्को कार्यक्रममा भन्ने बताउनुभयो । उहाँले मान्छे मर्नुप¥यो भने उसैको जन्म महिना, उसैको जन्मवार, उसैको जन्मतिथि, उसैको जन्म नक्षत्रमा मर्ने बताउँदै गणतन्त्र आएको पनि जेठको १५ गते र अन्त्य पनि जेठ १५ मै हुने बताउनुभयो । २०८२ को जेठ १५ गते राजतन्त्र फर्किने र आफूहरुको अभिष्ठ सिद्धि हुने जिकिर गर्नुभयो ।

गुरुङले जनताको हक अधिकारको कुरा पृथ्वीपथले गरेको बताउनुभयो । राज्यलाई थाम्ने दायित्व राजाको भएको बताउनुभयो । राजालाई सचेत गराउने काम नागरिकको भएको बताउनुभयो । पृथ्वीपथ भनेको आफ्नो रैथाने पथ भएको बताउनुभयो ।