
काठमाडौं । उतार चढावकाबीच नेप्से परिसूचक सोमबार पनि घटेको छ ।
७ अंक बढीले ओरालो लागेको बजार २७ सयको विन्दुबाट ओरालो लाग्दै २६ सय ९८ को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १३ उप समूह मध्ये ६ समूह सामान्य अंकले उकालो लाग्दा ७ समूह ओरालो लागेका छन् । सोमबार वित्त व्यापार र अन्य समूहमा १ प्रतिशत माथिको गिरावट आउदा अरु समूह सामान्य अंकले घटेका छन् । घटेको बजारमा पनि नेपाल माइक्रो इन्स्योरेन्स, क्रिस्ट माइक्रो लाइफ इन्स्योरेन्स, र कार्पोरेट डेभपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्मिट लेवलमा कारोवार भएको नेप्सेले जनाएको छ ।
सोमबार १ सय १२ कम्पनीको मूल्य बढ्दा १ सय ३३ को घटेको छ । ३ सय १९ कम्पनीको २ कारोड १२ लाख बढी कित्ता शेयर ८ अर्ब ७७ करोड बढीमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ । सोमबार ङ्यादी ग्रुपको शेयर सर्वाधिक ५४ करोडको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्