
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई जायज माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै घर फर्कन आग्रह गर्नुभएको छ ।
सोमबार नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान र मुलुकको अर्थतन्त्रको आधारमा गर्न सकिने काम गर्न सरकार तयार रहेको उल्लेख गर्दै शिक्षकका प्रतिनिधिहरुलाई वार्तामा आउन समेत आह्वान गर्नुभयो । उहाँले वर्तमान सरकार दमनकारी नरहेको उल्लेख गर्दै गर्न सकिने कामको लागि आन्दोलन गरिरहनु नपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले उहाँले त्यसै आउने ऐनलाई हामीले ल्यायौं भन्नको लागि दुःख गरिरहनुनपर्ने बताउनुभयो । उहाँले माध्यमिक शिक्षा परिक्षा (एसईई)मा ५२ प्रतिशत फेल गराएर उनीहरुको भविष्य तरबार चलाइएको भन्दै यस सम्बन्धमा गम्भिर भएर सोच्न समेत शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
हाल सरकारको नेतृत्व गरिरहेका दलहरुले नै टे«ड युनियनहरुको आन्दोलनलाई बचाएको समेत प्रधानमन्त्री ओलीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्