९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


शेयर बजारमा गिरावट


208
Shares

काठमाडौं । शेयर बजारमा मंगलबार पनि गिरावट जारी रह्यो ।

दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से ९ दशमलव ९६ अंकले घटेको हो ।

नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये मंगलबार १० वटा उपसमूहमा गिरावट आयो भने तीन वटा उपसमूह बढे ।

जसमध्ये अन्य उपसमूह सर्वाधिक २ दशमलव २१ प्रतिशतले बढेको छ भने उत्पादन उपसमूह १ दशमलव १८ र होटल तथा पर्यटन उपसमूह शून्य दशमलव ७९ प्रतिशतले बढेका छन् । घटेको बजारमा पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । तर कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक दश प्रतिशत गुमाएका छन् ।

मंगलबार ३१९ वटा स्टकको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर ८ अर्ब ३२ करोड १२ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधामार आज ङादी पावर ग्रूपको सर्वाधिक ४४ करोड ६० लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।