
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले बिनाको नेपाल बनाएर देखाउन चुनौति दिनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्द प्रधानमन्त्री ओलीले चारैतिरबाट एमाले र आफूमाथि हमला भइरहेको बताउनुभयो । उहाँले केपी ओली बिनाको एमाले खोजेको र एमाले बिनाको नेपाल खोजिरहेको भन्दै मिसन २०८४ मा हेर्न चेतावनी दिनुभयो ।
प्रधानमन्त्री ओलीले नेकपा एमाले पार्टीको लागि राम्रो गर्नेहरु भएको भए आफूले सरक्क नेतृत्व छोडिदिने बताउनुभयो । मिसन ०८४ मा एमाले बिनाको नेपाल हुन्छ की के बिनाको नेपाल हुन्छ हेर्न चुनौति दिनुभयो ।
प्रधानमन्त्री ओलीले अहिलेको राजनीति विगतको जस्तो नरहेको भन्दै आजको अन्तर्राष्ट्रिय नीति आइडोलोजिकल हिसावले पोलिसी निर्माण गर्नेतिर नभइ कमाइको प्रतिष्पर्धामा दुनियाँ लागेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्