
काठमाडौं । जापानका प्रसिद्ध नेल आर्टिस्ट र टेक्निसियनहरूले आधुनिक नङ कला सम्बन्धि तालिम दिएका छन् ।
ललितपुरमा मंगलबार भएको अन्तर्राष्ट्रिय स्तरको नङ कला सेमिनारमा पाँच जना जापानिज शिल्पीहरूले नेपालीहरूलाई नङ कलाको तालिम दिएका हुन् ।
तालिम दिनेहरूमा जापानीज नङ कलाका कलाकारहरू मियानो, हारू, कानाको, ओहिकी र माइको रहेका छन् । आधुनिक नङ कला सम्बन्धि सीपमुलक तालिमले नेपाली नेल आर्टिस्टहरूलाई आर्थिक र व्यवसायीक दक्षता अभिबृद्वि गर्ने उनीहरूको भनाई छ ।
बुधबारसम्म हुने तालिममा विशेषगरी नङ कला सम्बन्धि नेपाली नेल आर्टिस्ट र टेक्निसियनहरूको सहभागिता रहेको छ । पछिल्लो समय विश्वमा नै हाल नेल आर्टको ट्रेन्ड बढेको छ ।
प्रतिक्रिया दिनुहोस्