१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


रघुजी पन्त शिक्षामन्त्री बन्दै, भोलि सपथ


2.041k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद रघुजी पन्तलाई शिक्षामन्त्री बनाउनु हुने भएको छ ।

शिक्षक आन्दोलनका कारण विद्या भट्टराइले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि खाली रहेको पदमा पन्तलाई नियुक्त गर्ने तयारी भएको प्रधानमन्त्री ओली निकट स्रोतले बताएको छ । ललितपुरका स्थायी बासिन्दा पन्त एमालेबाट समानुपातिक सांसद हुनुहुन्छ । एमालेभित्र ओलीका आलोचक समेत मानिने पन्त पार्टी विभाजन अघिसम्म माधव नेपाल पक्षमा हुनुहुन्थ्यो । पन्तलाई भोलि सपथ गराउने तयारी भईरहेको बुझिएको छ ।

यसैबीच, प्रधानमन्त्री ओलीले उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई भने बर्खास्त गर्नुभएको छ । तामाङ कार्यशैलीप्रति असन्तुष्ट ओलीले उहाँलाई आज बर्खास्त गर्नुभएको हो । नेपाली कांग्रेसको कोटाबाट राज्यमन्त्री बन्नुभएका तामाङ कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन नहुने पक्षमा खुलेरै लाग्नुभएको थियो । जसका कारण उहाँको उर्जामन्त्री दीपक खड्कासंग पनि सम्बन्ध राम्रो थिएन ।