११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


एमाले शिक्षक विरोधी पार्टी होइन : महासचिव पोखरेल


2.054k
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिगामी तत्वहरुले नेपाललाई अस्थिरतातर्फ धकेल्न युवामा निराशा पैदा गरिरहेको आरोप लगाउनुभएको छ ।

बिहीबार काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको युवा उत्सवलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाललाई कमजोर बनाएर स्वार्थसिद्ध गर्न चाहने अन्तर्राष्ट्रिय तत्वहरुले समृद्धिको दिशामा नेतृत्व दिन सक्षम पार्टीलाई श्रृङ्खलावद्ध रुपमा आक्रमण गरेको बताउनुभयो । उहाँले नेपाललाई समृद्ध बनाउने जिम्मेवारी युवाको काँधमा रहेको बताउनुभयो । तीन पुस्ताको संयोजनबाट राजनीतिक आन्दोलन अघि बढ्ने बताउनुभयो ।

महासचिव पोखरेलले राणा शासनको अन्त्यका लागि हजुरबाहरुको पुस्ताले आन्दोलनमार्फत सफलता पाएको बताउनुभयो । बुबाहरुको पुस्ताले पञ्चायती व्यवस्थाको अन्त्य गरेको भन्दै उहाँले आफ्नो पुस्ताले नेपाललाई विकाशिल राष्ट्रको स्तरमा पु¥याएको जिकिर गर्नुभयो । उहाँले युवा पुस्तालाई होस्टेमा हैँसे गर्दै नेपालको विकास र समृद्धिको बाटोमा अगाडि बढाउने बताउनुभयो ।

वैशाख ११ गते हिंसाको राजनीतिबाट शान्ति प्रक्रियामा अगाडि बढेको दिन भएकाले लाखौँलाख नेपाली युवाहरुको भविष्य निर्माणको दिन भएको उहाँको भनाइ छ ।

महासचिव पोखरेलले नेकपा एमाले शिक्षक तथा कर्मचारी विरोधी नभएको बताउनुभयो । अहिलेसम्म २०४६ सालको परिवर्तनपछि शिक्षक तथा कर्मचारीको आठ पटक सेवा सुविधा वृद्धि भएकोमा सात पटक एमालेको नेतृत्वमा बनेको सरकारले गरेको दाबी गर्नुभयो । उहाँले एमालेलाई शिक्षक कर्मचारी विरोधी पार्टी भनेर जनतामाँझ बद्नाम गराउन खोजिएको भन्दै सचेत रहन आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले देशको विकास र समृद्धिको नेतृत्व नेकपा एमालेले मात्रै गर्नसक्ने दाबी गर्नुभयो । उहाँले राष्ट्र निर्माणको गोरेटामा अघि बढेकाले युवाले निराश नभइ जिम्मेवारी लिएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।