
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको चिन्ता नगरी मिसन ०८४ मा लाग्न युवा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
बिहीबार लोकतन्त्रको स्थापना दिवसको अवसरमा नेकपा (एमाले)ले आयोजना गरेको ‘युथ सेलिब्रेसन’मा बोल्दै अध्यक्ष ओलीले कांग्रेस–एमालेको संयुक्त सरकार स्थिरता र स्थायित्वको लागि बनेको जिकिर गर्नुभयो । उहाँले सरकार मुलुकलाई स्यायित्व दिने ध्याउन्नमा अगाडि बढिरहेको उल्लेख गर्दै सरकारको चिन्ता नगर्न समेत आग्रह गर्नुभयो । उहाँले नेकपा एमालेको ध्यान सरकारमा नभई चुनाव केन्द्रित हुने समेत टिप्पणी गर्नुभयो । संसदको बनावटअनुसार देशलाई ठिक ढंगले अगाडि बढाउने प्रयास पार्टीेले गरिरहने उहाँको दाबी छ ।
स्वदेशी तथा विदेशी तत्वहरु मुलुकलाई प्रतिगमनतिर धेकेल्ने काम गरिरहेको प्रधानमन्त्री ओलीको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्