
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले देशलाई समृद्धिको बाटोमा अघि बढाउने युवा शक्तिले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको युवा उत्सवलाई सम्बोधन गर्दै उपमेयर डंगोलले यतिबेला असल र सक्षम युवा देशका लागि आवश्यक भएको बताउनुभयो । उहाँले देश निर्माणका लागि राजनीतिमै लाग्नुपर्छ भन्ने सोच त्यागेर युवा पुस्ताले जुन पेशा वा व्यवासायमा छ त्यसैमा राम्रो काम गरेर योगदान दिनुपर्ने बताउनुभयो ।
उपमेयर डंगोलले सबै युवामा केही न केही सोच र क्षमता भएको भन्दै इमान्दार र जिम्मेवार भएर क्षमता प्रदर्शन गर्नपर्नेमा जोड दिनुभयो । उहाँले कुनैपनि काम गर्दा आइपर्ने समस्यालाई हार नखाइ निरन्तर अगाडि बढ्दा सफल भइने बताउनुभयो । उहाँले नेकपा एमाले असल पार्टी भएकाले युवा पुस्तालाई सामाजिक सञ्जालमार्फत असल कामको प्रचारप्रसार गर्न सिकाइरहेको बताउनुभयो । युवा शक्तिमा देशका लागि सकारात्मक काम गर्ने हुटहुटी हुनुपर्ने उहाँको भनाइ छ ।
उपमेयर डंगोलले आफू युथ ग्लोवल लिडरको रुपमा चयन भएर विश्वमा नेपालको नाम उच्च राख्न सफल भएको बताउनुभयो । उहाँले आफ्नो सफलता आफ्नो लागि मात्रै नभएर राष्ट्र र सम्पूर्ण युवा शक्तिका लागि भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्