११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रधानमन्त्री ओलीको प्रश्न – जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न खोजेको ?


0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुलाई जंगली र राक्षसी प्रवृत्ति देखाएर कस्तो शासन गर्न खोजेको भन्दै प्रश्न गर्नुभएको छ ।

बिहीबार नेकपा (एमाले)ले काठमाडौंमा आयोजना गरेको युथ सेलिब्रेसनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो प्रश्न गर्नुभएको हो ।

अध्यक्ष ओलीले लोकतन्त्रको रक्षा र सुदृढिकरणमा लाग्न युवा कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो । उहाँले जनताको बलिदानको र संघर्षको अपमान गर्ने तथा सफलतालाई अस्वीकार गर्ने काम भएको भन्दै त्यस्ता प्रवृत्तिका विरुद्ध युवाहरुले लड्नुपर्ने बताउनुभयो । आफू सचेत भएर राम्रा कुरा स्वीकार गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले अबको समय युवाहरुको भएकाले आम्दानी, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओली पार्टी राष्ट्रिय संकल्पका साथ अघि बढिरहेकै कारण चौतर्फी हमला भइरहेको समेत बताउनुभयो ।