१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


राजसंस्थाको पक्षमा बोल्नु लोकतन्त्र विरोधी होइन : अध्यक्ष लिङ्देन


572
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको पक्षमा बोल्नु लोकतन्त्रको विरोधी नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले राजसंस्था र प्रजातन्त्र एकआपसको विकल्प नभएको बताउनुभयो । उहाँले विश्वमा धेरै सम्पन्न देशहरुमा राजसंस्था र प्रजातन्त्र सँगसँगै अघि बढेको बताउनुभयो । उहाँले राजसंस्थाको पक्षमा बोल्दैमा प्रजातन्त्रको विरोधी भनेर गलत भाष्य निर्माण नगर्न आग्रह गर्नुभयो ।

अध्यक्ष लिङ्देनले लोकतन्त्रको वकालत गर्दैमा कोही लोकतन्त्रवादी हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले राजसंस्थाको पक्षमा वकालत गर्ने राजनीतिक दलहरुलाई निरंकुश व्यवहार गर्ने ठूला राजनीतिक दलहरु कसरी लोकतन्त्रवादी भए भनेर प्रश्न गर्नुभयो ।

अध्यक्ष लिङ्देनले सरकारले ल्याउने बजेट वर्तमान अवस्थाको अर्थतन्त्रलाई सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताउनुभयो ।