
काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापाले शिक्षा विधेयकबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको जवाफ माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै शिक्षा विधेयकमा शिक्षामन्त्री पन्तको धारणा माग सांसद थापाले गर्नुभएको हो ।
सांसद थापाले संसद र देशलाई शिक्षा विधेयक यही अधिवेशनबाट टुंग्याउन तत्पर छौं भन्ने कुरा शिक्षामन्त्रीले जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षकको आईतवारको आन्दोलनमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रसेवकमाथि यस्तो व्यवहार गरिनु उचित नभएको बताउनुभयो ।
सांसद थापाले शिक्षकहरुलाई समेत संयमित भएर आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्