१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँशु ननिकालौँ’


5.733k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न सबै सांसद तयार हो भन्दै प्रश्न गर्नुभएको छ ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तिमल्सिनाले शिक्षकका मागहरु धेरैले उठाइसकेको भन्दै शिक्षकहरुका माग सम्भव भएसम्म सबै पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन माग गर्नुभयो । उहाँले शिक्षकलाई स्थानीय तहमा राख्न नहुनेमा शिक्षकहरुको माग रहेको भन्दै संविधान संशोधन गरेर शिक्षकका मागहरु पूरा गर्न तयार हुनुपर्ने बताउनुभयो । उहाँले शिक्षकका मागहरु पूरा गर्न २ सय ७५ जना सांसद नै तयार रहेको भन्दै तत्काल २७५ जनाले नै हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

सरकारमा अहिलेको विपक्षी दलहरु पनि रहिसकेकाले गोहीका आँशु निकाल्नुको फाइदा नरहेको बताउनुभयो ।