१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


कुनै किसिमको आतंककारी गतिविधि नेपाललाई स्वीकार्य हुँदैन : मुख्यमन्त्री शाह


1.404k
Shares

काठमाडौं । भारत सरकारको निमन्त्रणामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह मंगलबार औपचारिक भ्रमणमा जानुभएको छ ।

भ्रमणमा जानुअघि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले भ्रमणका क्रममा सुदूरपश्चिमसँग सीमा जोडिएका जिल्लाहरुमा संस्कृति, पर्यटन, व्यापारलगायतका विषयमा छलफल हुने भएपनि कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो । उहाँले सुदूरपश्चिम सरकारले आगामी असोजमा गर्न लागेको लगानी सम्मेलनका विषयमा भने छलफल हुने जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहले कश्मिरमा भएको आतंककारी हमलाको निन्दा गर्दै कुनैपनि किसिमको आतंककारी गतिविधि नेपाललाई स्वीकार्य नहुने बताउनुभयो ।

मुख्यमन्त्री शाहले नेपाल र भारतबीच घनिष्ट सम्बन्धका साथै ऐतिहासिक, धार्मिक र भौगोलिक सांस्कृतिक रुपमा पनि जोडिएकाले धेरै कुरा आदान प्रदानमा भ्रमण उपलब्धीमुलक हुने बताउनुभयो । प्रदेश सरकारलाई सम्झौता गर्ने अधिकार नरहेकाले भारत सरकारसँग कुनै सम्झौता नहुने पनि जानकारी गराउनुभयो । उहाँले भ्रमणका क्रममा स्थानीय सरकारबीचको सम्बन्ध सुधार हुने बताउनुभयो ।

भ्रमणका क्रममा राजनीतिक भेटवार्ता नहुने तर सरकार-सरकारबीच विभिन्न विषयमा छलफल हुने जानकारी दिनुभयो ।