१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


भन्सार विधेयक प्रतिनिधि सभाबाट पारित


533
Shares

काठमाडौं । ‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।

सभाको मंगलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।

मंगलबार विधेयकमाथिको सैद्धानितक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । सो प्रश्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् ।

विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार बिन्दुहरुमा रहेको बेथिति हटाउनको लागि भन्सारसम्बन्धी कानूनलाई संशोधन एवं एकीकरण गर्नको लागि विधेयक ल्याइएको बताउनुभयो । उहाँले भन्सार नाकामा राजश्व चुहावट, अनियमितता र व्यापारीहरु पीडित नबनुन् भन्ने नै विधेयकको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले विधेयकलाई समृद्ध बनाउनको लागि सुझाव दिने सांसदहरुलाई धन्यावाद समेत दिनुभयो ।

विधेयकले कानूनको रुप लिएसँगै राजश्व चुहावटमा कमी आउनुका साथै भन्सार व्यापार सहज हुने मन्त्री पौडेलको दाबी छ ।