
विराटनगर, असोज ४ । जिल्ला प्रहरी कार्यालय मोरङले अपराध नियन्त्रण एवं अनुसन्धानका लागि डिजिटल प्रहरी परिचालन प्रणालीसम्बन्धी एप्सको सुरुआत गरेको छ ।
प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले बिहीबार एक कार्यक्रमबीच एप्सको शुभारम्भ गरे ।
नेपाल प्रहरीले मोरङबाट सुरु गरेको यस्तो प्रविधिबाट मोबाइल फोनमार्फत् आपराधिक सूचना पाउन सकिने मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मजोज केसीले बताए ।
डिजिटल परिचालन प्रणालीको शुभारम्भ गर्दै मुख्यमन्त्री राईले १ नम्बर प्रदेशमा शान्ति–सुरक्षा र सुशासन कायम गर्न प्रविधिमैत्री प्रणालीको विकास आवश्यक रहेको बताए ।
प्रहरी परिचालनलनाई सुद्धढ बनाउन, सूचना अभिलेखीकरण गर्न र प्रहरी कारबाहीको रिपोर्टसमेत प्राप्त गर्नसकिने यो प्रणाली नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्