
काठमाडौं, असोज ८ । परराष्ट्रविद् प्रा .डा. जयराज आचार्यले संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको उपस्थिति कमजोर हुँदै गएको बताएका छन् ।
ईमेज समाचारसँग कुरा गर्दै उनले राष्ट्रसंघमा राजदूतसमेत नरहेको अवस्थामा नेपालको भूमिका झनै कमजोर हुने बताए ।
संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वराजदूत समेत रहेका आचार्यले विपी कोइराला, तत्कालिन राजा महेन्द्र र गिरिजाप्रसाद कोइरालाले नेपालको इतिहासमै राष्ट्रसंघको महासभामा नेपालको प्रस्तुति सार्थक तुल्याएको र सशक्त ढंगले आफ्नो विचार राखेको बताए ।
प्रतिक्रिया दिनुहोस्