
तेह्रथुम, असार ७ । तेह्रथुमको म्याङलुङ्ग नगरपालिकालाई आगामी दुई वर्षभित्र बालमैत्री नगरपालिका बनाउने अभियान थालिएको छ ।
जनप्रतिनिधिहरुले नगरपालिकालाई दुई वर्षभित्र बालमैत्री स्थानीय तह बनाउने प्रतिवद्धता जनाउँदै हस्ताक्षरसमेत गरेका छन् ।
नगरपालिकाले बालमैत्री स्थानीय शासनले अवलम्बन गर्नुपर्ने ३९ वटा सूचकमध्ये २३ वटा सूचक पूरा गरिसकेको छ । बाँकी सूचकसमेत पूरा गरी २०७७ साल भदौ २९ गते बालमैत्री स्थानीय तह घोषणा गर्ने जनाइएको छ ।
नगरपालिकाले यो वर्षदेखि कूल बजेटको १५ प्रतिशत बालबालिकाका लागि विनियोजन गर्ने भएको छ ।
नेपालमा हाल १६ वटा स्थानीय तह बालमैत्री स्थानीय शासनयुक्त भइसकेका छन् । विशेषगरी बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिबाट पारित बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता तथा संस्थागत विकासका विभिन्न सूचक पूरा गरेपछि स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न सकिने प्रावधान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्