९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


‘नेताका एक घन्टाको भाषणभन्दा स्रष्टाका दुई वाक्य नै महत्वपूर्ण’


0
Shares

इलाम, असोज ११ । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नेताहरुको एक घन्टाको भाषणभन्दा स्रष्टाका दुई वाक्य नै महत्वपूर्ण हुने बताएका छन् ।

गीतकार संघ नेपालले गरेको १ नम्बर प्रदेशस्तरीय अन्तरक्रिया तथा शिविरको यहाँ उद्घाटनकाक्रममा उनले नेताले एक घन्टा लगाएर भाषण गरे पनि कुरा बुझाउन गाह्रो पर्ने तर स्रष्टाहरुका दुई वाक्यले जनताले धेरै कुरा बुझ्ने बताए ।

कार्यक्रममा गीतकार संघ नेपालले १ नम्बर प्रदेशस्तरीय गीतकार तथा स्रष्टा भेला पारेर गीत तथा साहित्यसम्बन्धी चर्चा गर्ने बताइएको छ ।

शुक्रबारसम्म चल्ने कार्यक्रममा विभिन्न कार्यपत्र प्रस्तुत् गरिने बताइएको छ ।