९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


धादिङमा ट्रक र माइक्रोबस ठोक्किँदा सातजना घाईते


0
Shares

नवराज छत्कुली

धादिङ, असार ७ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नं ६, बैरेनीमा बिहीबार बिहान ट्रक र माइक्रोबस एक आपसमा ठोक्किँदा ७ जना घाईते भएका छन् ।

गजुरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना५ख ७३८६ नम्बरको ट्रक र काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख २९६६ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा माइक्रोबसका चालकसहित सातजना घाईते भएका छन् । घाईते हुनेमा स्याङ्जा घर भएका रामेन्द्र विश्वकर्मा, पूर्णकुमारी गुरुङ, काठमाडौं घर भएका आशा गुरुङ, आरपी गुरुङ, विवेक पौडेल, कास्कीका अन्जु चौधरी र लमजुङका सुमन गुरुङ रहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

घाईतेहरुलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौं पठाइएको छ । दुर्घटनाको कारण नखुलेको प्रहरीले जानकारी दिएको छ ।