९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सानो ठिमी क्याम्पस अगाडि टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु


0
Shares

भक्तपुर, असार ८ । आज बिहान ५ः३० बजे मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

पेप्सिकोलाबाट सानोठिमीतर्फ आइरहेको बा६६प ८५५३ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा२क ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक चेलाङ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्दै आएका ४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तीव्र गतिमा आएको टिपरले अगाडि गइरहेको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको र टिपर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थलबाट फरार टिपरलाई प्रहरीले जगातीबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ । प्रहरीले टिपर चालक ललितपुर बस्ने ३० वर्षीय राजन खड्गी र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिए । (रासस)