
चितवन, असार ८ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।
सो सडक खण्डमा पछिल्लो केहि दिनयता बढ्दै गईरहेको सवारी दुर्घटना र क्षतीलाई न्यूनिकरण गर्ने उद्देश्यले चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
उनले चेकजाँचको क्रममा पहिलो एक सातामा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने ८५ सवारीलाई कारवाही गरिएको जानकारी दिए ।
यस्तै स्वीकृती नलिई सिट थप गरेका ५५ वटा सवारीलाई कारवाही गरी थप गरिएका सिट र मुडाहरु समेत जफत गरिएको उनले बताए ।
प्रहरीले त्यति मात्र नभई तीव्र गतिमा सवारी चलाउनेलाई समेत कारवाही गर्ने क्रमलाई तिव्रता दिएको छ ।
एक सातामा तीव्र गतिमा चलाउने १० वटा सवारी साधन समेत कारवाहीमा परेका छन् ।
तीव्र गतिमा चलाउनेमा सबै भन्दा बढि बोलेरो, नीजि कारहरु र माईक्रो बस रहेको ट्राफिक प्रमुख गौतमले बताए ।
ट्राफिक प्रहरीले दैनिक रुपमा राडर गन र ब्रेथलाईजरको प्रयोग गरी चेकजाँचलाई तिव्र पारि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्