९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रदेश सरकार अपमानित भयोः मुख्यमन्त्री


0
Shares

लमजुङ, असार ८ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारले प्रदेशलाई दिनुपर्ने बजेट नदिएर अपमान गरेको गुनासो गरेका छन् ।

गृह जिल्ला लमजुङको बेंसीशहर नगरपालिकाको तेस्रो नगरसभाको उद्घाटन गर्दैै मुख्यमन्त्री गुरुङले साना र धेरै विकास निर्माणका योजना प्रदेश र स्थानीय सरकारमा हुने तर बजेट भने केन्द्रमै राख्ने काम भएको छ भने ।

“संघीय सरकारले आफूसँग ३० प्रतिशत बजेट राखेर सबै प्रदेशलाई दिनुपर्ने हो”, उनको भनाइ थियो ।

नगरसभामा नगरपालिका प्रमुख गुमानसिंह अर्यालले करीब रु ५५ करोड बराबरको बजेट र आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।