९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण चोरियो


0
Shares

सान फ्रान्सिस्को, असोज २७ । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब दुई करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ‘ह्याकर’को पहुँच रहेको जनाएको छ ।

फेसबुकले यसअघि साइबर आक्रमणका कारण पाँच करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो ।

‘अहिले हामीले के थाहा पाएका छौं भने सोचिएभन्दा केही कम व्यक्तिलाई असर परेको छ’–फेसबुकका उपाध्यक्ष गाए रोसेनले बताए ।

पहिचान अझै नखुलेका केही व्यक्ति (ह्याकर)ले करिब एक करोड ५० लाख फेसबुक प्रयोगकर्ताको नाम, फोन नम्बर र इमेल ठेगाना चोरेको उनले जानकारी दिए ।

अरु एक करोड ४० लाख प्रयोगकर्ताका विवरण पनि जोखिममा रहेका छन् ।

फेसबुकले साइबर आक्रमणकारीले प्रयोगकर्ताका अरु विवरणहरु जस्तैः लिंग, धर्म, गृहनगर, जन्ममिति र स्थान तथा हालै भ्रमण गरेका ठाउँ पनि संकलन गरेको जनाएको छ ।

यस आक्रमणबाट फेसबुकले सन्चालन गरेका मेसेन्जर, मेसेन्जर किड्ज, इन्स्टाग्राम, ह्वाट्सएप, ओक्युलस, वर्कप्लेस, पेजेज, पेमेन्टमा असर नगरेको कम्पनीले बताएको छ ।

क्यालिफोर्नियास्थित फेसबुक कम्पनीले यस घटनाका सम्बन्धमा अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआइ), अमेरिकी संघीय व्यापार आयोग, आइरिस डाटा प्रोटेक्सन कमिसन तथा अरु निकायसँग छलफल थालेको छ । रासस/एएफपी