९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


रुख चढ्दा करेण्ट लागेर बृद्धको मृत्यु


0
Shares

लक्ष्मीप्रसाद सापकोटा

पर्वत, असार ९ । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा करेण्ट लागेर एक बृद्धको मृत्यु भएको छ ।

मोदी–२ देउपुरस्थित सिमखेतका ७५ वर्षीय ऋषिराम शर्माको आज बिहान करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

थाँक्रो काट्न गएका बृद्धलाई विद्युतको थ्रिफेज लाईन छोएको रुखमा चढ्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बृद्धको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा लगिएको मोदी–२ का वडा अध्यक्ष विकास तिमिल्सिनाले जानकारी दिए ।