
काठमाडौं, असार ९ । नुवाकोटको शिवपुरी गाँउपालिका वडा नंबर ७ को गुर्जे भञ्ज्याङदेखि सुइरेचौरसम्म करिब २ किलोमिटर सडकलाई गोविन्द वियोगी मार्ग नामाकरण गरिएको छ ।
वरिष्ठ पत्रकार स्वर्गीय गोविन्द वियोगीको सम्मानमा उनको नामबाट सडकको नामाकरण गरिएको हो ।
पत्रकारिता अध्ययन केन्द्र अध्ययन केन्द्र स्थापना गर्नका लागि सम्पादक समाजले नुवाकोटको सुइरेचौरमा जग्गा किनेको छ ।
यस ठाउँमा पुग्ने करीब २ किलोमिटर सडकको नामाकरण पनि सम्पादक समाजका संस्थापक अध्यक्ष स्वर्गीय गोविन्द वियोगीको नाममा गरिएको छ ।
शिवपुरी गाँउपालिका वडा नं ७ मा पर्ने गुर्जे भञ्ज्याङ देखि सुइरेचौर सम्मको सडकलाई वियोगीको नाममा नामाकरण गरिएको हो ।
स्वर्गीय वियोगीले पत्रकारिता क्षेत्रमा उहाँले पुर्याएको योगदानको कदर गर्दै सम्पादक समाज नेपालले वियोगीको सम्झनामा पत्रकारिता अध्ययन केन्द्र समेत स्थापना गर्ने सम्पादक समाजका अध्यक्ष पुरु रिसालले बताए ।
अध्ययन केन्द्रमा एउटा सेमिनार हल र २४ कोठा रहने छन । केन्द्रमा ई-लाईब्रेरी पनि सञ्चालन गरिने जनाइएको छ ।
गोविन्द वियोगीको पत्रकारिता क्षेत्र प्रतिको मोह र त्यागको कदर गर्दै उनको परिवारले पनि सम्पादक समाज नेपालको काममा सहयोग गर्दै आएको छ ।
स्वर्गीय वियोगीका छोरा किरण वैद्यले बुवाको इच्छा पत्रकारिता क्षेत्रको बिकास गर्ने भएकाले आफुले पनि केही योगदान गर्न चाहेको बताए ।
नेपालको पत्रकारिता क्षेत्रमा लामो समय विताएका वियोगीको विक्रम सम्वत् २०६२ माघ २ गते निधन भएको थियो ।
उनको सम्मानमा सरकारले हुलाक टिकट समेत प्रकाशन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्