
-डिबी विष्ट/ईमेज
बझाङ । यो युगलाई सूचना र प्रविधि विकासको युग मानिन्छ तर बझाङ जिल्लामा भने इन्टरनेटको समस्या देखिएको छ ।
अधिकांश ठाउँमा इन्टरनेट र मोबाइल नेटवर्क राम्रो नहुँदा बझाङवासीले ठुलो समस्या झेल्नुपरेको छ ।
जिल्लामा फोन सम्पर्क गर्नुपर्यो भने सदरमुकाम धाउनुपर्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर यहाँका योे दैनिक कहानी हो ।
जिल्लाका साइपाल, सुर्मा र बुङगल गाउँपालिकामा यो समस्या अझ बढी छ ।
फोन गर्नुपर्यो भने कि त सदरमुकाम भर्नुपर्ने कि त अग्ला डाँडामा जानुपर्ने बाध्यता रहेको स्थानीय हिक्मत धामी बताउँछन् ।
अन्य गाउँपालिका तथा नगरपालिकाको हालत पनि करिब यस्तै यस्तै छ ।
विषेशगरी आफन्तलाई फोन सम्पर्क गर्नुपर्दा, ईमलईन्टर नेटको काम गर्नुपर्दा सदरमुकाम जानुको विकल्प नभएको स्थानीयवासी मात्र होइन जनप्रतिनिधि पनि गुनासो गर्छन् । सुर्मा गाँउपालीकाका अध्यक्ष नरबहादुर बोहरा यसलाई केन्द्रीय सरकारले ध्यान नदिएको बताउँछन् ।
संचारको नाममा स्माट टेलिकमले फाटफुट रुपमा काम गरेतापनि ईमेल ईन्टर नेट तथा अन्य नेटवर्कको काम गर्नै सकिँदैन ।
अकस्मात कुनै घटना हुदा वा विरामी पर्दा अझ समस्या हुने गरेको छ ।
फोन र इन्टरनेटको अभावमा सरकारी तथा गैरसरकारी कार्यालयहरुको सेवा पनि नराम्ररी प्रभावित हुने गरेको छ ।
त्यस्तै यहाँकासंचार क्षेत्रमा काम गर्ने सञ्चारकर्मील मारमा रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष जगदिश रोकायाको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्