९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


पर्वतकी अञ्जली पुरी एसईईमा नेपाल टप भएको दाबी


0
Shares

पर्वत, असार १० । यस वर्षको एसईई परीक्षामा पर्वतको कुस्मा बजारस्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप भएको दाबी गरेकी छन् ।

छात्रा पुरीले सबै विषयमा ए प्लस सहित ४ जिपीए अंकसहित एसईई उर्तीण गरेका कारण आफू नै नेपाल टप गरेको दाबी गरेकी हुन् ।

छात्रा पुरीको दाबी सही भएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल बसन्तकुमार कर्माचार्यले अहिलेसम्म ४ जिपीए अंक ल्याउने विद्यार्थी अञ्जली मात्र देखिएकाले उनले नै नेपाल टप गरेको बताए ।